१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बारा–४ को ‘क’ बाट उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउने नारायणी रायमाझीको घोषणा

बारा–४ को ‘क’ बाट उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउने नारायणी रायमाझीको घोषणा
अ अ+ अ-

काठमाडौं, २८ असोज । बारा जिल्ला क्षेत्र नम्बर ४ ‘क’ बाट बागी उम्मेदवार दिएकी नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझी (निरु)ले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएकी छिन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रायमाझीले आगामी मंसिर ०४ गते हुने निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी निस्क्रिय बनाई गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलगायत नेताहरुलाई सघाउने घोषणा गरेकी हुन् ।

रायमाझीले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेर पार्टीको विधान, नीति निर्देशनको पालना गर्दै पार्टीभित्र तथा बाहिर विभिन्न सामाजिक संघ तथा संस्था र संगठनहरुमा योगदान पुर्याएकी छिन् ।

उनले टिकट बाँडफाँटमा असन्तुष्ट भएर बारा क्षेत्र नं ४ (क) मा प्रदेश सभा सदस्यमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि अहिले आएर आफ्नो उम्मेदवारी निश्क्रिय भएको स्पष्ट पारिन् ।

नेपाली कांग्रेसको नेतृत्वमा देश, लोकतन्त्र र संविधानको रक्षा तथा प्रतिगमनलाई परास्त गर्न मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि बनाइएको लोकतान्त्रिक वाम गठबन्धनमा देशभरमै भएको सिट बाँडफाँटको क्रममा लामो समयदेखि पार्टीभित्र क्रियाशील कार्यकर्ताहरुले आ–आफ्नो क्षेत्रबाट टिकट नपाउँदा दुःखी हुनु उनले स्वभाविक ठानेकी छिन् ।

नेतृ रायमाझीले प्रधानमन्त्री एवं पार्टी सभापती शेरबहादुर देउवासहित वाम लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले उम्मेदवारी फिर्ता लिन आफूलाई आग्रह गरेअनुसार उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारिन् ।

पार्टीले उचित जिम्मेवारी दिने पार्टी सभापतिको प्रतिवद्धता र पार्टीभित्र गरेको त्यागलाई मध्यनजर गर्दै आफूले उम्मेदवारी फिर्ता गरेको उनको भनाई थियो ।

आफूलाई बाराका जनताले देखाएको स्नेह, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै उनले बारा क्षेत्र नं ४ मा संघ र प्रदेशसभा सदस्य तर्फका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदारहरुलाई जिताउन लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।