७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–४ को ‘क’ बाट उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउने नारायणी रायमाझीको घोषणा



अ+ अ-

काठमाडौं, २८ असोज । बारा जिल्ला क्षेत्र नम्बर ४ ‘क’ बाट बागी उम्मेदवार दिएकी नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझी (निरु)ले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएकी छिन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रायमाझीले आगामी मंसिर ०४ गते हुने निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी निस्क्रिय बनाई गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलगायत नेताहरुलाई सघाउने घोषणा गरेकी हुन् ।

रायमाझीले लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेर पार्टीको विधान, नीति निर्देशनको पालना गर्दै पार्टीभित्र तथा बाहिर विभिन्न सामाजिक संघ तथा संस्था र संगठनहरुमा योगदान पुर्याएकी छिन् ।

उनले टिकट बाँडफाँटमा असन्तुष्ट भएर बारा क्षेत्र नं ४ (क) मा प्रदेश सभा सदस्यमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि अहिले आएर आफ्नो उम्मेदवारी निश्क्रिय भएको स्पष्ट पारिन् ।

नेपाली कांग्रेसको नेतृत्वमा देश, लोकतन्त्र र संविधानको रक्षा तथा प्रतिगमनलाई परास्त गर्न मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि बनाइएको लोकतान्त्रिक वाम गठबन्धनमा देशभरमै भएको सिट बाँडफाँटको क्रममा लामो समयदेखि पार्टीभित्र क्रियाशील कार्यकर्ताहरुले आ–आफ्नो क्षेत्रबाट टिकट नपाउँदा दुःखी हुनु उनले स्वभाविक ठानेकी छिन् ।

नेतृ रायमाझीले प्रधानमन्त्री एवं पार्टी सभापती शेरबहादुर देउवासहित वाम लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले उम्मेदवारी फिर्ता लिन आफूलाई आग्रह गरेअनुसार उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारिन् ।

पार्टीले उचित जिम्मेवारी दिने पार्टी सभापतिको प्रतिवद्धता र पार्टीभित्र गरेको त्यागलाई मध्यनजर गर्दै आफूले उम्मेदवारी फिर्ता गरेको उनको भनाई थियो ।

आफूलाई बाराका जनताले देखाएको स्नेह, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै उनले बारा क्षेत्र नं ४ मा संघ र प्रदेशसभा सदस्य तर्फका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदारहरुलाई जिताउन लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।