९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता
अ अ+ अ-

कर्णाली । गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ । राजमार्ग अवरुद्धका कारण आवागमन पनि ठप्प भएको छ ।

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन् । नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन सुरु गरिएको बताउनुभयो ।

क्षतिग्रस्तस्थल पुगेर सडक डिभिजन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी केसरीले जानकारी दिनुभयो । राजमार्ग खुलाउन प्रजिअ केसरी, गणपति थापा, सशस्त्र प्रहरी ३३ नं गणका प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द स्थलगतरुपमा आफैँ खट्नुभएको छ ।

अवरोध हटाउनका लागि प्रयोग गरिएका ‘स्काभेटर’ सहित प्रहरीसमेत खटाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली राजमार्गको जुम्ला खण्डको रारालिहीमा तीनवटा ‘स्काभेटर’ ले लगातार काम गरिरहेका छन् । यसका साथै ‘ब्रेकर’ले समेत काम गरे पनि ठूलो ढुङ्गाहरू खसेकाले ‘ब्लाष्टिङ’ गर्नुपर्ने अवस्था भएको छ ।

गणपति थापाले भन्नुभयो, “ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिसकिएकाले काम छिट्टै सुरु गर्दैछौँ । यो काम अझै दुई–तीन दिन लाग्ने देखिएको छ ।”

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ–दश स्थानमा सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिकामा पर्ने त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालनका लागि काम सुरु गरिएको छ ।

नाग्म–गमगढी राजमार्ग खुलाउन जुटे स्थानीय सरकार

नाग्म–गमगढी राजमार्ग खुलाउन स्थानीय सरकारका प्रमुखहरू जुटेका छन् । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिञ्जामा सडक सञ्चालन गर्न ‘स्काभेटर’ले काम भइरहेको जानकारी दिनुभयो । हिमा क्षेत्रमा बाढीपहिरो गएकाले त्यस क्षेत्रमा चाँडै पहिरो पन्छाए सिञ्जा गाउँपालिकाको अवरोध हटाउन सहज हुने उहाँले बताउनुभयो ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले ‘स्काभेटर’ लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । उहाँले जुम्लामा सबैभन्दा बढी मानवीय क्षति कनकासुन्दरीमा भएको छ । उक्त गाउँपालिकामा पहिरो र बाढीबाट नौ जनाले ज्यान गुमाएका छन् । सो गाउँपालिकामा सात घर पूर्णरूपले क्षति भएको उहाँले जानकारी दिनुभयो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको छ । केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्नुपरेको उहाँले बताउनुभयो । अध्यक्ष शाहीले ‘स्काभेटर’मा तत्काल इन्धन सकिएकाले काम अगाडि बढाउन अवरुद्व भएको बताउनुभयो ।

नेपाली सेना २४ नं बाहिनीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्गगाड, सेरावाडा, राँचुली, सेरीघाटमा पहिरो खसेको छ । सो क्षेत्रमा काम गर्न सेना सक्रिय भएको छ । नाग्म–गमगढी राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो जाँदा पनि त्यहाँको आवागमन बन्द भएको छ । सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगढीमा गएको पहिरो हटाउने पहल भइरहेको नेपालीले सेनाले जनाएको छ ।