८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर-घरै पुगेर नागरिकता



अ+ अ-

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–५ बिहीकी ५८ वर्षीय छिरिङ साङ्मो एक दिनको बाटो हिँडेर गत बुधबार छिमेकी गाउँ ल्हो पुगिन् । नागरिकता वितरण गर्ने टोली आएको खबर पाएपछि उत्साहित हुँदै उनि त्यहाँ पुगेकी हुन् । 

सीमा प्रशासन कार्यालय सिर्दीबासका प्रमुख रामप्रसाद शर्मा नेतृत्वको टोली नागरिकता घुम्ती शिविर लिएर ल्हो गएको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित ज्येष्ठ नागरिकले समेत नागरिकता पाए । आफू पनि नागरिकता पाउने आशमा साङ्मो हर्षले गद्गद् भइन् । 

भोलिपल्ट टोली घरदैलो गर्दै वडा–४ प्रोक गाउँ गयो । साङ्मो पनि टोलीसँगै गइन् । गाउँलेको खुसी बोकेर आएका नागरिकता टोलीको झोला बोकिदिइन् । वृद्धवृद्धालाई नागरिकता दिलाउन सहजीकरण गरिदिइन् । तेस्रो दिन बल्ल टोली नागरिकता बाँड्दै उनको गाउँ बिही पुग्यो । बाटो देखाउँदै, झोला बोकेर सघाउँदै साङ्मो आफ्नो गाउँ पुगिन् । 
 

सीमा प्रशासन कार्यालय सिर्दिबासका प्रमुख रामप्रसाद शर्माले घरमै पुगेर बिहीबार साङ्मोलाई नागरिकता प्रदान गरे । त्यसपछि नागरिकता प्रमाणपत्र टेबलमा राखेर सय पटक नमस्कार गर्दै ढोगिन् । त्यो दिन उनको जीवनकै सबैभन्दा खुसीको बन्यो ।

‘नागरिकता हात परेपछि उहाँको मुहारमा देखिएको खुसी म शब्दमा बयान गर्न सक्दिन,’ टोली प्रमुख शर्माले भने, ‘नागरिकता नभएकै कारण गाउँमा स्वास्थ्यचौकी बनाउँदा साङ्मो जग्गा किनबेच गर्न नमिलेको रहेछ । त्यसैले यतिविधि खुसी हुनुभएको रहेछ ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।