२५ मंसिर २०८२, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिमा हाल ३७ सदस्य रहेका छन् । समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्य रहेका छन् । समितिको बैठकको एजेन्डा तय नभए पनि आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका विषयमा छलफल हुनसक्ने बताइएको छ ।