१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने
अ अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको गठबन्धन बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन तथा सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्नेछ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने गठबन्धन बैठकको निर्णय छ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्नसक्ने बताइएको छ ।

बैठकले गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न अपिल तयार गर्न चार सदस्यीय मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र)का नेता हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरी हुनुहुन्छ ।

सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने र उक्त भेलालाई गठबन्धन आबद्ध दलले संयोजन गर्ने राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले जानकारी दिनुभयो । आगामी कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त कार्यकर्ता भेला आयोजना गरिएको छ । गण्डकी प्रदेशको भेलाको व्यवस्थापन नेकपा (एकीकृत समाजवादी) र लुम्बिनी प्रदेशको भेलाको संयोजन नेपाली कांग्रेसले गर्नेछ ।

कात्तिक ५ गते नेपाली कांग्रेसको संयोजकत्वमा प्रदेश नं १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा भेला हुनेछ । सो भेलामा गठबन्धनमा समावेश भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि आमन्त्रण गर्ने निर्णय भएको छ ।

कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेमा भेला आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशको भेलाको नेकपा ९माओवादी केन्द्र० र कर्णाली प्रदेशको कार्यकर्ता भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ ।

कात्तिक ७ गते माओवादीको संयोजनमा बागमती प्रदेशको काठमाडौँमा भेला आयोजना गरिएको छ । भेलामा गठबन्धनमा सहभागी दलका केन्द्रीय सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित तीन÷तीन जना सहभागी हुनेछन् । भेलामा वक्ताका रुपमा दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको छ । बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा तय गरेको छ ।