९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

ओलीको स्वेच्छाचारी निर्णयले मलाई टिकट दिइएन: भीम रावल(भिडीयोसहित)

ओलीको स्वेच्छाचारी निर्णयले मलाई टिकट दिइएन: भीम रावल(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वच्छाचारी निर्णयले आफूलाई टिकट नदिइएको आरोप लगाउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ टिकट नपाएपछि पत्रकार सम्मलेन गर्दै उहाँले ओलीको स्वेच्छाचारी निर्णयले अछामका जनताको अपमान गरेको बताउनुभयो ।

“भदौ १९ गते अछाम निर्वाचन क्षेत्र नं १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको उल्लेख गर्दै उहाँले यस्तो निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको टिप्पणी गर्नुभयो । पार्टीका नेताहरुसँग आफूले निर्वाचनमा भाग लिने तयारी गरिरहेको उल्लेख गर्दै नेता रावलले भन्नुभयो, “मैले निर्वाचनमा लड्दिन भनेर सुनियोजितरुपमै प्रचार भएको छ”

अध्यक्ष ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उहाँको भनाइ थियो । आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उहाँले आरोप लगाउनुभयो ।