• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मकवानपुरमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)

मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त बनाएकामा उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो ।

यस्तै भीमफेदी–६ जुरिखेतमा भिरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीया समिता रानामगर बुधबार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।