• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङ सर्वोच्चमा



काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङ आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले बैकिङ कसूरसम्बन्धी मुद्दामा सजाय पाएको उजुरी परेपछि निर्वाचन अधिकृतले प्रमाणका आधारमा उनको उम्मेदवारी खारेजी गरेका थिए ।

गुरुङ निवर्तमान कानूनमन्त्री गोविन्द बन्दी, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन् ।

गुरुङ रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका थिए । गुरुङसँगै अन्य दुई स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी खारेज भएको छ ।