काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङ बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकको सुन्य समयमा बोल्दै सांसद महतले कुलमान बाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? करिब एक बर्ष अघि पनि सासद महतले प्रतिनिधिसभाको बैठकमा नै कुलमानलाई जंगबहादुरको उपमा दिदै फोन पनि नउठाउने , समस्या नसुन्ने भन्दै कुलमानका कारण नै जुम्लामा बत्ति गडबड भएको आरोप लगाउनु भएको थियो ।











