२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकट नदिएकाबारे भोलि पत्रकार सम्मेलन गर्दै भीम रावल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

अछाम–१ बाट सर्वसम्मत सिफारिसमा परेका रावलको ठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई उम्मेदवार बनाएका थिए ।

रावलले उसअघि पटक–पटक आफूलाई उम्मेदवार नबनाएको बारेमा उचित समयमा बोल्ने बताउँदै आएका थिए । उनले क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल सिफारिस पर्दा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको उल्लेख गरेका छन् ।

भोलि बिहीवार कार्की ब्याङ्कवेटमा उनले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।