• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नयाँ कामु प्रधानन्यायाधीशलाई सर्वोच्च बारको शुभकामना



काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालत बार एसोसिएसनले कार्यकाल सफलताको शुभकामना दिएको छ ।

कामु प्रधानन्यायाधीश कार्कीलाई भेटी बारका प्रतिनिधिहरुले सफल कार्यकालको शुभकामना दिएको बारका सदस्य अनन्तराज लुइँटेलले जानकारी दिनुभयो ।

सो अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले जतिन्जेल पदमा बसिन्छ, न्यायपालिकाको स्वतन्त्रता र श्रीवृद्धिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।