• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

रुपन्देहीलाई मुलुककै नमूना जिल्ला बनाउन चाहन्छौँ– विष्णु पौडेल



फाईल फोटो

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही जिल्लालाई विकास दृष्टिले मुलुककै नमूना जिल्ला बनाउने बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएका पौडेलले भौतिक विकास, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले रुपन्देही जिल्लालाई देशको नमूना जिल्ला बनाउन सकिने बताउनुभयो ।

चुनाव प्रचार प्रसारका क्रममा बुटवलमा आयोजित समारोहमा उहाँले देशका अरु भागबाट विकास सिक्नका लागि रुपन्देही जानुपर्छ, बुटवल जानुपर्छ र निर्वाचन क्षेत्र नं २ मा जानुपर्छ भन्ने परिस्थिति निर्माण गर्ने हिसाबले काम गर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले यही आत्मविश्वास, यही संकल्प र यही योजना बोकेर घरघरमा जनताका माझमा जाने र जनतासँग आफ्ना प्रस्ताव र अनुरोधहरु राख्ने बताउनुभयो । यसक्रममा उहाँले जनताका सुझाव र आलोचना पनि सुन्ने उल्लेख गर्नुभयो ।