७ मंसिर २०८१, शुक्रबार
,
Latest
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीको सिनेमा – बाबाको कहानी



अ+ अ-

भनिन्छ राज हठ, बाल हठ, स्त्री हठ अलि कडै हठ हुन्छन । अन्य विषयकोबारेमा पछि लेखौला सोचौला । यो आलेख बाल हठबाट नै प्रवेश हुन्छ ।

करिब १५ वर्ष पछि मलाई सिनेमा हल सम्म पुग्नका लागि बाल हठलेमहत्वपुर्ण भुमिका खेल्यो, सिनेमा क्षेत्र भन्दा अरु क्षेत्रले नै बढी समय पाएकाकारण समयको अन्तर हुन गयो, यदाकदा सिनेमाको समिक्षा र ट्रेलर हेर्न र काखे कम्प्युटरमा राेजेको, खाेजेको र चाहेको जस्तो हेर्ने बानी परेका कारणपुरा अढाई घण्टाको समय बचत भएको हो ।

सानी छोरीको सिनेमा मोहको कारणले दशैंको अवसरमा सिनेमा हल भित्र म पसे । कसरी पसे भने बिना टिकट, बिना लाईन सिधै सिनेमा घर त्यो पनि उच्चप्रविधि जडान युक्त सिनेमा घर जुन अहिलेको प्रविधिबाट अनलाईन टिकट काटेर, आफ्नो सिट हेरेर छानेर जान पाईने रहेछ ।

हाम्रा पालामा यस्तो थियो उस्तो थियो भन्दा पनि त्यो बेलाको समाज, अर्थ व्यवस्था, सामाजिकगतिविधिहरुका बारेमा अनुभव आदान प्रदानले नयाँ पुस्तालाई प्रेरणा हौसला दिन्छ भने अर्को तर्फसमाजको परिवेश, स-स्ंकृतिहरु, परम्परा, मुल्य मान्यताहरुको बारेमा सबै क्षेत्रमा जानकारी तथा सिकाई पनिहुने रहेछ । सिक्ने सिकाउने प्रकृया पनि यसरी नै चलिरन्छ । जो नियमितर निरन्तर नै छ ।

छोरीको पछि लागेर काठमाडौंको सिनेममा हल प्रवेशगर्दै गर्दा दर्पणछाँया सिनेमा हेर्न इटहरी सम्म करिब १० कि।मी टाढा हिडेर गएको स्मरण दिलायो । वैशाखको महिनामा गहुँ काट्ने समयको गँहु सिला (छाडिएका बाला,दाना बटुलेर) खोजी घोडा लिएर आउने साहू, बनिया जो बाटो बाटोमा बोरा राखेर बस्नुहुन्थ्यो वा त्यहाँ सुरक्षा नभए बाटो परिर्वतन गरेर बजारका निश्चित पसलहरुमा जाने प्रचलन थियो ।

मैले १ किलो जति सिला खोजेर भेला पारेको गहुँको झोला बा,आमा, भाई बहिनीहरुको आँखा छलेर घरमाभण्डारण गरि राखेको बोरामा पुगेर मिसिए पछि करिब ४,५ किलोको झोला भरिन्थ्यो, यसरी सिनेमा शुल्कजम्मा गरिन्थ्यो । कुनै बेला त्यै सिला खोजेको पैसा पनि वैशाखे मेलामा डाईस खेलमा पुग्यो भने त्योवर्षको सिनेमा हेर्ने सपना झण्डी ,मुकुटले समाप्त पारिदिन्थ्यो । सिनेमा हेर्न को–को संग को–को जाने ?

कुन समयको हेर्ने कुन बार हेर्ने भनेर हाम्रो गोठाले वैठकबाट तय गरिन्थ्यो त्यहाँ पनि प्रजातान्त्रिकपद्धति अबलम्बन हुन्थ्यो भनौ बहुमतबाट नै निर्णय गरिन्थ्यो । कुन बार जाने भन्ने प्रायः शनिबार नै तय हुन्थ्यो त्यसमा २ वटा स्वार्थ थिए एक शनिबार गोठालो जान पाईने र गोठालोबाटै बिना अनुमतिआफ्नै खुसीले जान पाईने अर्को सिनेमाको शुल्क आधा हुने तर टिकट काट्न आफै नपुगेमा वा बिचकाटिकट व्यवसायिहरुले कालो धन्दा गरेमा योजना गरेर बिनियोजन गरेको पैसाले नपुगेर होटमा राखेकाजेरी, पकौडा,चटपटे, बदाम सम्झदै फर्कको दिन र आज काठमाडौंको सिनेमा घर भित्रको परिकार जो छोरीले मध्यान्तर पछि मलाई किनेर ल्याउन आदेश दिएकी थिईन त्यो समय र आजको तुलना गर्दा छोरीकोसमयमा म आफै रत्तिन थालेको अनुभुति भयो । मैले भोगेको समयलाई, अनुभवलाई, सिनेमालाई, छोरीलाई सुनाउँदै छु ।

हामी हाम्रो बजारमा पोष्टर टाँसेकै दिन देखि त्यो सिनेमाको कल्पना गरेर बस्थ्यौ । त्योपोष्टर मात्रै आफ्नो घरमा टाँस्न पाए आफुलाई सिनेमाको उत्पादक, वितरक वा आफैले बनाएको सिनेमा होभन्ने ठान्ने वा अपनत्व नै रहन्थ्यो ।

जब रिक्सामा फलना मिति देखि फलाना सिनेमा हल,चलचित्रमन्दिरमाचलचित्रका केही गीतका अंशहरु, केही संवादहरु चर्को स्वरमा हाम्रा गाईवस्तुहरु तर्सने गरि हाम्रोनजिकै भएर हामीलाई नै सुनाएर जान्थे, लाग्थ्यो हाम्रै लागि यो प्रचार प्रसार गर्न आएको हो । अघिल्लोहप्ता कसैले सिनेमा हेरेको भए हाम्रो पालो आएमा त्यो फिल्मको केही अंश कहानी सुन्न पाउँथियौ तरदोश्रो व्यक्तिबाट मात्र सुन्दा मुख्य हिरो हिरोनीको नाम र अन्तिम दृश्यका केही झलकहर बुझिन्थे,पहिलेसिनेमा हेरेर आएकाहरुले केही संवादहरुको नक्कल गरेको पनि देखिनथ्यो, कसै कसैले सो सिनेमाको नायकतथा खल नायकहरुको नाम काढेर संवाद पनिे गर्दथे, अभिनय पनि गर्दथे ।हाम्रो पालो १२ बजेदेखि ३ बजे सम्मको तय भयो ।

कोही कक्षाबाट भागेर जानेहरु, कोही अलि पछिजानेहरु सबैको सहमतिबाट ३ जना साथीहरुका साथ म पनि खेतको बाटो,आली र खेतका गरा, बैशाखकोचर्को घामले तातेका माटाका डल्लाहरु, गहुँका बिटाका थुप्राहरु, दाल उखेलेर बनाएरका थुप्राहरुबाट छलिदैसिधै सिनेमा घर सम्झेर पाईला चाल्न थालें । यातायातको नाममा बिक्रम टेम्पोहरु थिए, छिटपुटट्रयाक्ट्ररहरु हिड्दथे तर मुलबाटोबाट हिड्ने आँट र सामाथ्र्य थिएन । परबाट देखिने ढाका टोपी लगाएकासबै मान्छेहरुमा म बुबा नै देख्दथे,बुबाको डर आजको दिन सम्म पनि उत्तिकै लाग्छ किन हो ?

बुबासंग सोध्न बाकी नै छ….. गाउँघरका चिनेजानेका मान्छेबाट बचेर लुकेर, झुक्याएर सकुशल सिनेमा हेरेर फर्कनधेरै चुर्तराई आवश्यक थियो । गोठालोबाट भागेर सिनेमा हेर्न गएको कुरा गोप्य राख्न सक्नुमा हाम्रा गोठालेसाथीहरु दक्ष थिए । मुलबाटोलाई साछी राखेर मान्छे देखिने तर नचिनिने गरि सिनेमा हलमा समयमापुग्न हामी म सहित अन्य ३ जना साथीहरु श्वास रोकेर हिडिरह्यौं । आधा मन सिनेमा हल भित्र पुगेकोछ भने आधा मन गाईवस्तु तिरै थियो । लक्ष्मी गाई धेरै सुवानी गाई थियो हाम्रो,लाटे गोरु त झन नामझै लाटो थियो मेरो आज्ञाकारी साथी, लाल्मु गाईको साँझको ४ बजे दुहुने समय हुन्थ्यो त्यसलाई छाँटा चलेको दिन अलि छिटै घर तर्फको बाटो लाग्थ्यो र घर नजिकको सागपात बालीनाली चाख्दै गृह प्रवेश गर्दथ्यो ।

दुहने समय भए पछि लाल्मु गाई आफै बाटो लाग्थ्यो, अलि पर सम्म पुर्याए पछि सिर्धै घरपुग्थ्यो यति सम्म त ठिक थियो तर गाई दुही सके पछि फेरी चरनमा पुर्याउन आउने मान्छे धेरै जसोबुबा आफै आउनु हुन्थ्यो जुन आगमनलाई हामी हाम्रो अनुगमनको रुपमा लिने गर्दथियौं । कसले के के
गरि रहेका छन्, चरन क्षेत्र कस्तो छ रु को–को संग कस–कसको झगडा परेको छ, कुन गोरुले धेरै कुटाईखाएको छ, प्रायःसबै गाईवस्तुहरुले बुबालाई पोल लगाउथे झै लाग्थ्यो ।

बुबाको एक नजरबाटै गाई वस्तुकोअवस्था ज्ञात हुने र भोकै वस्तु भए चरन परिवर्तन गर्ने आदेश आउथियो जुन हाम्रो लागि धेरै सकसहुन्थ्यो, हामी खेल्ने समय पाउदैनथियौं एक–एक गाईभैसीको पछि लाग्नु पर्ने अझ बाख्राका पाठाहरुलाईबाँस नहुाएर घाँस खुवाउदै अघाउनु पर्ने । दलहन उठाएको खेतको छेउछाउ नयाँ नयाँ घाँस खोजेर चराउनसके भोली पल्ट एक मुठी दुध बढ्ने कुरा बुबाले सुनाएर जानु हुन्थ्यो । अरु भन्दा नी लाल्मु गाईसमयमै घर जाओस र त्यसको समय तालिकाबारे जानकारी दिएका साथीहरुले ध्यान दिए मेरो खोजी हुन्न थियो ।

गाई दुहेर फर्केर चरन क्षेत्रमा आउनु र म सिनेमा हेरेर फर्कनु एकै साथ होस,बरु फर्कदा सबै भन्दापहिले गेट बाहिर निस्कने स्थानमा बस्ने योजना गर्दै गर्दा म कृष्ण टाकिज ईटहरीको गेटमा पुगेको पत्तैभएन छ । मेरा साथीहरु मध्ये एक जना सो सिनेमा हलमा विगतमा ३,४ पटक आईसकेका थिए, उनैले हामीसंग दोश्रो दर्जाको टिकट वापतको दोब्बर रकम रु.४० का दरले उठाएर मुठीमा राखि सकेका थिएकिन भने हामी टिकट काट्ने र पालो कुरेर बस्ने लाईन बसेर टिकट काट्ने गरि पुग्न सक्दैनथियौ । सिनेमा चलेको १६औं दिन विते पनि भिड भाड धेरै थियो । हामी सबैका टिकट नाईकेले एक जना अग्लो मान्छेसंग के के भनेर कुरा मिलाए अनि हातमा ४ थान पसिनाले ओसिएको, कच्याक कुचुक्क भएकोटिकट दिदै भने ल भित्र जाऔंशुरु हुने बेला भो ।

अध्यारो कोठा भित्र हात समाएर पस्यौं । आधा भन्दा कलाकारहरुको नाम पनि भनिसकेको थियो । हातमा टर्च बोकेको एक कर्मचारीले दोश्रो दर्जाको दोश्रो लाईनमा बेन्च देखाउदै बस्ने आदेश दिएर गए । म एक टकले कलाकारहरुको नाम पढ्दै थिए मुख्य अभिनेत्रीको फोटो हेरेर मैले चिने, नाम आउनु भन्दा अगाडी मेरो मुखबाट फुत्त निस्कियो निरुता सिंह…

सबैले मलाई हेरे जस्तै लाग्यो मैले अरु ३ जनाको नाम फोटो हेरेरै भने……क्युएफसी सिनेमा हलमा मध्यान्तर भयो, सानी छोरीको अर्डर अनुसारको घिउमा भुटेको मकै ( चिज पपकर्न ) चिसो पेय अन्य के के किनेर खायौं, छोरीको खुसीले हामी दम्पत्ति मख्ख थियौं । न गर्मी, न चिसो,मिलेका कुर्सीहरु, ठुलो पर्दामा देखिने सफेद सिनेमा, मैले जस्तै छोरीले कलाकारहरुको न नाम भनेको सुनेन कुनै कहानी, मोबाईल टिभी बाटनै यसबारे जानकारी भैसकेको रहेछ भन्ने बुझे ।

सिनेमा घर प्रवेश गर्नु भन्दा पहिले छोरी र छोरीकी आमासंग केही सिनेमाका उज्याला पोष्टरहरुमा सेल्फी खिचियो ।ईटहरीको तातो घाम,शरिर भरि पसिनाको गन्ध मन भरि अब के होला र? पछिको कथा के होलारुपसिनापुछ्दै हल बाहिर निस्केका मान्छेहरुको संख्या देखेर अनुमान गर्दै हामी सहित करिब ८०० जनाले आजकोयो सो हेरेको निर्णय गरियो ।

हामी हाम्रा अगुवाका पछि पछि लाग्दै छौं,उनि सौचालय गए हामी पनि तेतैगयौं उनले गोजीमा रहेको दूई रुपँयाका २ वटा नोटले एक थान भुक्के पाउरोटी र ४ वटा चुईगम किने,भुक्के पाउरोटी टोक्दै हामीले मध्यान्तर सम्मको समिक्षा गर्दा ५ वर्ष पहिले साउनको सोमबार चतरादेखि धरान पैदल यात्रा गरि बोलबम मेला भर्ने बहानामा शिव सिनेमा धरानमा हेरेको गोठालो सिनेमा भन्दा राम्रो भनेर छोटो समिक्षा गर्दै हामीलाई हल भित्र लिएर गए ।

बेला बेलाको होहल्ला र धेरै रोदन, बिछोड,दुःख, मिलन जस्ता क्रिया प्रतिक्रियाका साथ समाप्त लेखेका अक्षरहरु उडेर आए पछि म लक्ष्मी गाई,लाल्मु गाई, मैले मात्र धपाउन सक्ने छिमेकीको हान्ने गाँजले गोरु सम्झदै सिधै पिठारीको बोटमा पुगेकोेपत्तै भएन । सबै कुरा समान्य थिए, जस्तो हिजो थियो । मैले घरबाट फर्कदै गरेको लाल्मु गाई मात्र देखे, त्यो दिन बुबा गाई पुरयाउन आउनु भएको थियो कि थिएन ? त्यो पनि सोध्न मन छ बुबालाई…..

आज सामाजीकिकरणको प्रभाव, पुस्तान्तरणको खाडल यत्र तत्र सर्वत्र छ, भनौ घर घरमा छ । पहिलोपुस्ताहरु जो परिवर्तनलाई प्रत्यक्ष भोगीरहनु भएको छ भने, मेरा पुस्ताहरु दोधारे अवस्थामा छन् भने हाम्रादर सन्तानका पुस्ताहरु प्रविधिको अधिकतम उपयोगमा तल्लीन छन् । हामीले भोगेका जानेका विषयहरुसमेटिएको समाज नै पुराना झै लाग्न थाले भने त्यो भन्दा अघिको समाज निश्चयनै प्रेरणादायि नै हुनुपर्छ जसले हाम्रो पुस्तालाई आज केही सिक्ने र सिकाउने दुबै किशिमको भुमिकामा राख्न सफल भएको छ ।

विकास गतिशिल प्रकृया हो भने समाज परिवर्तनशिल हुनै पर्छ । समाजले विकास गर्न चाह्यो भने कुनै रोकावट नहुन सक्छ तर समाज नै निस्कृय झै भए, पर निर्भर भए कसरी विकासका द्धारहरु खुल्छनर  ? अवको विकास भौतिक तथा प्रविधि दुई क्षेत्रकै हुनेछ । दुर दराजका दुर्गम समुदायमा यातायात, भवन, पुल आदिको आवश्यकता छ भने शहरोन्मुख समुदायमा बसोबास, बजार तथा प्रविधिको उच्चतम प्रयोग आवश्यक पर्ने देखिन्छ । र यस्तै प्रविधियुक्त सिनेमा हल जसले बेला बेलामा पुराना यादहरु सम्झाई दिने रहेछ ।