• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी ★   प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता ★   कांग्रेस पदाधिकारी बैठक जारी ★   यी अभिनेताले ‘कल्की २८९८ एडी’मा पैसा नलिई काम गरेका थिए ★   कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश ★   तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

नेपाली चेस टोलि बंगलादेश प्रस्थान



काठमाडौं । नेपाली चेस टोलि चेस च्याम्पियनशीपमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन् । शेख रसेल कप अन्र्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेका हुन् ।

अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागीता रहेको छ ।

पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका बिलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्र प्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागीता जनाईसकेका खेलाडी हुन । प्रतियोगितामा अन्र्तराष्ट्रिय आर्विटर निरन्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलिलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम एवं सचिव उमेश केसीले त्रिभुवन विमानस्थलमा शुभकामना सहित बिदाई गरेका छन् ।

गत असार अन्तिम साता सम्पन्न बुद्धिचाल संघको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले सम्भावना भएसम्मका अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउने कुरामा आफु प्रतिबद्ध भएको बताए ।