• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मनोनयनमा परेका उम्मेदवारहरुको उजुरी छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने



काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानबीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउनेगरी आवश्यक व्यवस्था मिलाइएको बताउनु भएको हो ।

हिजो असोज २३ गते सो निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने आज अपरान्ह ३ बजेसम्म त्यसमाथिको दावीविरोध र उजुरीको समय तोकिएको थियो । सोमबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाहरुबाट विद्युत र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरुको डाटा भने आउन बाँकि रहेको जानकारी समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘जिल्लामा हिजो मनोनयन दाखिला भयो । अव मनोनयन दाखिलाको काम टुंगिएको छ । त्यसको डाटाहरु पनि प्राप्त भएको छ । अव कर्णालीका जिल्लाहरुमा अझै पनि इन्टरनेट र टेलिफोन अवरुद्ध भईराखेको हुनाले त्यहाँको चाँही सिष्टममा पोष्टिङ हुन सकेको छैन । नभए अरु सबैतिरको आईसकेको छ । र, आज ३ बजेसम्म दावी, विरोधी र उजुरी गर्ने कार्यक्रम थियो ।

यो सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमै हुन्छ । र, सम्बन्धित निर्वाचन अधिकृतले नै यो टुंगो लगाउनु पर्छ । कुनै गाह्रो, अप्ठ्यारो केही इस्यू आयो छलफल गर्नुपर्ने विषय भयो भने आयोगसँग उहाँहरुले सम्पर्क गर्न सक्नु हुन्छ । नभए यो उहाँहरु आफैंले यो काम गर्नु हुन्छ ।’

आयोगले उम्मेदवारीहरुमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरुको उम्मेदवारी स्वतह रद्ध हुने पनि बताएको छ । आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।