काठमाडौं । लामो समयदेखि आन्दोलनरत रहेको नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
३४ बुँदे माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आफ्ना माग पुरा गराउन प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिँदै गर्दा प्रहरीले ४० जना शिक्षकहरुलाई प्रक्राउ गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
४० जना शिकहरुलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त कमलपोखरीमा लगेको उनले बताए ।











