• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पद्मश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान



काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गर्नुभएको हो । त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिएको छ ।

गत वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा उक्त पुरस्कार घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ । लाखौँ मानिसलाई आँखाको ज्याति प्रदान गर्नुहुने नेत्र चिकित्सक डा रुइतलाई उक्त पुरस्कार अध्यक्ष लामिछानेले प्रदान गर्नुभयो ।

यस वर्षको पद्मश्री साधना सम्मान ३० को दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । उहाँका सातवटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथा सङ्ग्रह प्रकाशित छन् ।

समाजिक यथार्थवादी कथा लेखेर नेपाली कथा साहित्यलाई समृद्ध बनाउनुभएकी कथाकार ठकुरीलाई अध्यक्ष लामिछानेले उक्त सम्मान प्रदान गर्नुभएको छ । तीनै पुरस्कार राशि जनही रू तीन लाख रहेको छ ।रासस