• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

चुनावी मनोनयन दर्ताः शीर्ष नेताहरु कसैले वारेस पठाए, कोही आफैँ पुगे(भिडीयोसहित)



काठमाडाैंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको चुनावी मनोनयन दर्ताको समय सकिएको छ ।

आईतवार बिहान विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गइ चुनावी मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । चुनावी मनोनयन दर्ताका लागि शीर्ष नेताहरु कोही आफैं सहभागी भएका छन् भने कसैले वारेस पठाएर मनोनयन दर्ता गराएका छन् ।

आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउनुभएको छ । काँग्रेस नेतृसमेत रहनुभएकी राणाले आईतवार दिउँसो २:२३ बजे देउवाको नाम मनोनयन दर्ता गराउनुभएको हो । सभापति देउवाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको यो सातौं पटक हो । काँग्रेस सभापति देउवा वि.सं. २०४८ साल यता डडेलधुराबाट सांसद बन्दै आउनुभएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दिउँसो २ बजे मनोनयन दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीले आफैँ झापामा उपस्थित भएर उम्मेदवारी मनोनयन गराउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मनोनयन दर्ताका क्रममा यसअघि गोरखा २ बाट चुनाव जित्दै आउनुभएका बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लाई साथमा लगेर आफैँले मनोनयन दर्ता गराउनुभएको हो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर मनोनयन दर्ता गराउनुभएको छ भने पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको क्षेत्र–१ बाट मनोनयनपत्र दर्ता गराउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा पुगेर मनोनयन दर्ता गराउनुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको क्षेत्र–३ बाट र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाँण लगायत अन्य नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मनोनयन दर्ता गराउनु भयो ।

मनोनयन दर्ताको क्रम साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ । प्रत्यक्षतर्फ देशभरका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको छ ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशनको समय असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म र उम्मेदवारको बिरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म तोकेको छ ।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ । उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म तोकेको छ ।