• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम

रौतहटमा प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी, एमालेको टिकट लिन मानेनन्



रौतहट निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आफ्नो मनोनयन स्वतन्त्रबाट दर्ता गराउनुभएको छ ।

पार्टीले टिकट दिए पनि उहाँले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पार्टीभन्दा जनता र कार्यकर्ता ठूलो भएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको साहले जानकारी दिनुभयो ।

पार्टीभित्र खासै सक्रिय नरहेका र पार्टी नेतृत्वप्रति माैन रहनु भएका साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रति धेरैले चासोपूर्वक हेरेका छन् ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गृह जिल्ला राैतहटबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

राैतहटमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल मनोनयन पत्र दर्ता गर्दै ।

रौतहट निर्वाचन क्षेत्र नं १ बाट उहाँले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको हो । पाँचदलीय गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमै पुगेर पहिलो नम्बरमा मनोनयन दर्ता गाराउनुभएको हो ।

गौर नगरपालिकाका प्रमुख एवं नेकपा (एकीकृत समाजवादी) रौतहटका नेता शम्भु साहको प्रस्ताव तथा राजदेवी नगरपालिकाका प्रमुख एवं कम्युनिष्ट नेता भिखारीप्रसाद यादवको समर्थनमा पूर्व प्रधानमन्त्री नेपालले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता गराउन नेपालको समर्थनमा निस्केको जुलुसमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सत्यनारायण भगत, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहलगायतको सहभागिता थियो ।