८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मात्रिकाले के बोलेका थिए, जुन सभामुखले हटाउन रुलिङ गरे ? (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

सदन शुरु हुनेबित्तिकै एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै आपत्ति जनाएपछि सभामुख सापकोटाले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

यादवले बिहीबारको बैठकमा बोल्ने क्रममा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीको मानसिक तथा शारिरिक स्वास्थ्य अवस्थाबारे टिप्पणी गरेका थिए ।

मैले एउटै पार्टी हुँदा स्थायी समितिको बैठकमा नै भनेको थिएँ कमरेडहरू, उहाँ मेन्टल्ली पनि ठिक हुनुहुन्न। फिजिकल्ली पनि ठिक हुनुहुन्न। त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ। यो जिम्मेवारी किन बोकाउनुहुन्छ ? उहाँलाई अन्याय किन गर्नुहुन्छ ? म एमालेका माननीय मित्रहरूलाई के भन्न चाहन्छु भने जहाज उडाउने क्याप्टेनहरूको मेडिकल चेक हुन्छ। देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन ? पार्टीकै जहाज उडाउन दियो भने दुर्घटना हुँदैन ? यादवले भनेका थिए ।




न्यूजपोलारबाट थप समाचार