• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

रुपन्देही–१ मा घनश्याम भूसालको स्वतन्त्र उम्मेदवारी



काठमाडौँ । नेकपा एमाले परित्यागको घोषणा गरेका नेता घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेता भूसाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

उनलाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ ।

योसँगै नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग उनको प्रतिस्पर्धा हुनेछ ।