७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि एमालेको जित आवश्यक: अध्यक्ष ओली



अ+ अ-

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताउनुभएको छ ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्तापछि आज अपराह्न दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

विकास र समृद्धि ल्याउन एमाले सक्षम पार्टी भएको उहाँको भनाइ थियो । अस्वस्थताको कारण देखाउँदै संक्षिप्त सम्बोधन गर्नुभएका उहाँले भन्नुभयो, “एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन पर्दैन, जनताले थाहा पाइसकेका छन् ।”

अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।