२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयसीमा सकिएपछि कानूनमन्त्री कोइरालाद्वारा पदत्याग



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीले पद त्याग गर्नुभएको छ ।

संघीय संसद्को सदस्य नभएको व्यक्ति छ महिनाका लागि मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाबमोजिम नियुक्त भएका मन्त्री कोइरालाको छ महिनाको अवधि आजदेखि समाप्त भएको हो ।

उहाँले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी मन्त्री पद त्याग गर्नुभएको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत आफ्ना दलका नेताहरुलाई मन्त्री बन्दीले पद छाड्नेबारे जानकारी गराउनुभएको थियो ।