काठमाडौं । कायम मुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र भारतीय राजदुत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
शुक्रबार सैनिक मुख्यालयमा भएको शिष्टाचार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
मुख्यालयले यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।











