८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा देशभर ३,९१५ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११७०८ मा पीसीआर परीक्षण गर्दा २७६३ जना र ६ ८७४ एन्टिजेन परीक्षण गर्दा ११५२ गरी जम्मा ३९१५ जनामा कोरोना पुष्टि भएको हो । 

यस्तै आज २११८ जना निको भएका छन् भने संक्रमणबाट २७ जनाको मृत्यु भएको छ मन्त्रालयले जनाएको छ । 

हाल देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ छ भने मृत्‍यु हुनेको कुल संख्या १० हजार २३९ पुगेको छ  । त्यसैगरी संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ७९ हजार ४९५ जना छन् ।




न्यूजपोलारबाट थप समाचार