• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

देउवानिकट नेता किरण पौडेलले त्यागे कांग्रेस -राजिनामा पत्र सहित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट निवर्तमान केन्द्रीय सदस्य किरण पौडेलले पार्टी परित्याग गरेका छन् ।

संसदीय निर्वाचनमा आफूलाई बन्चित गरिएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका नेता पौडेलले मुलुकभरका सिट बाँडफाँटमा असहमति जनाउँदै आएका थिए ।

पार्टी सभापति देउवालाई सम्बोधन गर्दै उनले दिएको राजीनामा नेविसंघबाट आएका सार्थीहरुलाई तेजोबध गरिएको उल्लेख गरेका छन् ।

बागलुङ १ बाट सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई उम्मेदवार बनाइएपछि उनले पार्टी परित्याग गरेको बताइएको छ । सो क्षेत्रबाट नेकपा (एमाले) ले सूर्य पाठकलाई उम्मेदवार बनाएको छ ।

सभापति देउवालाई सम्बोधन गर्दै दिएको राजीनामाको पूर्ण पाठ

श्रीमान सभापति ज्यु,
नेपाली काँग्रेस, केन्द्रीय समिति
मार्फ़तस् मुख्यसचिब ज्यु,
नेपाली काँग्रेस,केन्द्रीय कार्यालय,
सानेपा,ललितपुर

बिषय: राजिनामा दिएको बारे।

नेपाली कांग्रेस पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त,विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन। मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो।

यस पटक न्यायोचित निर्णय आऊने आशामा थिए,आएन। नेबिसंघको राजनीतिक पृष्ठभूमि बाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागी जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ। निश्चित व्यक्तिहरुको मात्रै गोटी बनेका हरू मात्रै योग्य हुने परिपाटी आफुलाई सदैव अस्वीकार्य छ र रहने छ। मैले आज नेपाली कांग्रेस पार्टीको सदस्य समेत नरहने गरी पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब मार्फ़त हजुर श्री शेर बहादुर देउवा समक्ष राजिनामा पेश गरेको छु।

म २०३५र३६ सालको बिध्यार्थी आन्दोलनमा सक्रिय भएको बेला देखि हाल सम्म ४४ बर्ष निरन्तर इमान्दारीता पूर्वक पार्टीको आमन्त्रित केन्द्रीय सदस्य सम्म भई काम गरें। नेपाली कांग्रेस पार्टीको विभिन्न तह र स्थानमा पुर्र्याउनु हुने र ४४ बर्ष सम्म अनबरत साथ दिनुहुने सम्पूर्ण पार्टी पङती लाई हार्दिक धन्यवाद दिन चाहान्छु। जयनेपाल !

किरण पौडेल
निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य
नेपाली काँग्रेस,केन्द्रीय समिति
मितिस्२०७९/०६/२३