९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी

लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी
अ अ+ अ-

काठमाडौँ । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लगाएका छन् । दुबै पार्टीका अध्यक्ष एवम् शीर्षस्त नेताहरुको निर्वाचन क्षेत्र पनि टुङ्गो लागिसकेको छ ।

सो बमोजिम लोसपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुहुने भएको छ भने जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र २ बाट उम्मेदवारी दिनुहुने निश्चित भएको बुझिएको छ । लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ का लागि सिफारिस हुनुभएको उक्त पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिनुहुने भएको छ ।

उक्त क्षेत्रमा गठबन्धनका दुई उम्मेदवार बन्ने भएका छन् । सोही निर्वाचन क्षेत्रमा महेन्द्र यादव पनि उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । त्यस्तै सरतसिंह भण्डारीले महोत्तरी क्षेत्र २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र १ बाट उम्मेदवारी दिनुहुने भएको छ । सप्तरी क्षेत्र २ मा जयप्रकाश ठाकुरले उम्मेदवारका लागि मनोनयन दर्ता गराउनुहुने भएको छ । उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुनुहुन्छ । बारा क्षेत्र ३ बाट प्रमोद गुप्ताले टिकट पाउनुभएको छ । लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ । यता जसपाका अध्यक्ष यादव सप्तरी २ बाट उम्मेदवारी दिनुहुने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अध्यक्ष ज्यू अहिले छलफल मै हुनुहुन्छ । उहाँ सप्तरी २ बाटै उठ्नुहुन्छ होला ।”

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्नुहुने भएको छ । पूर्वमन्त्री राजकिशोरले यादव सिरहा २ बाट उम्मेदवारका लागि मनोनायन दर्ता गराउनु हुनेभएको छ । अर्का पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । उहाँ सिरहा–३ ‘ख’ बाट प्रदेशसभामा उम्मेदवारी दिनुुहुनेछ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सोही प्रदेशमै दोहोरिनुभएको छ ।

त्यसैगरी सङ्घीय मन्त्रीद्वय प्रदीप यादवले पर्सा १ र मोहम्मद इस्तियाक राईले बाँके २ बाट उम्मेदवारी दिनुहुने भएको छ । महोत्तरी क्षेत्र ४ बाट डा सुरेन्द्र यादवले टिकट पाउनुभएको छ । जसपाले नेकपा ९एमाले०सँग तालमेल गरेको छ ।