२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ क्षेत्र नं ७ इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले दर्ता गराए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प होइन’ भन्दै काठमाडौँ क्षेत्र नं ७ मा इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले आफूसँग योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक रहेको बताउनुभयो । उहाँले भन्नुभये, “मेरो टिमले विगत पाँच वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सुशासन तथा विकासमा अध्ययन, अवलोकन तथा अनुभव गरिरहेको छ।”

विद्यमान समस्याहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र ट्राफिक व्यवस्थापन, ढल तथा डुबान, पुल तथा खोलारखहरे व्यवस्थापनलगायतका समस्याको एउटा मार्गचित्र तयार गरेर समाधान खोज्ने उहाँको प्रतिबद्धता छ। उहाँले भन्नुभयो, “आमनागरिक र विषयविज्ञसँगको सहकार्यमा समाधान खोज्नेछौँ ।”