१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन ३ मा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट भने सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) ले डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

गएको स्थानीय निर्वाचनमा पनि पौडेलले भरतपुर महानगरपालिकाबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । सत्ता गठबन्धनले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले बागी उम्मेदवारी दिएर करिब १५ हजार मत प्राप्त गर्नुभएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा चितवन ३ बाट कांग्रेस कार्यकर्ताको दबाबमा उम्मेदवारी दिन लागेको उहाँले बताउनुभएको छ ।