९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलसँग माओवादीकी रेखा शर्मा भिड्ने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दाङ–२ मा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँटमा सो क्षेत्र माओवादी केन्द्रले पाएसँग उसले शर्मालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको हो ।

तीनवटा निर्वाचन क्षेत्र रहेको दाङमा गठबन्धनबीचको सहमतिअनुसार दाङ १ बाट नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र ३ बाट नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार बन्ने भएका छन् ।

नेकपा एमालेले भने निर्वाचन क्षेत्र १ बाट शान्ता चौधरी र ३ बाट कोमल वलीलाई उम्मेदवार बनाएको छ ।