काठमाडौँ । अर्बपति एवं उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ बाट टिकट पाउनुभएको छ ।
यसअघि प्रतिनिधिसभाको समानुपातिक सदस्य रहनुभएका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बन्नुभएको हो । २०७० को संविधानसभा सदस्यका लागि नेकपा ९एमाले० ले सोही क्षेत्रबाट टिकट दिए पनि उहाँ प्रत्यक्षतर्फ निर्वाचन लड्न चाहनुभएको थिएन ।
२०६४ को संविधानसभाको निर्वाचनमा उहाँले एमालेबाट समानुपातिक सभासद बन्नुभएको थियो भने २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसद बन्नुभएको थियो ।