२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मीनेन्द्र रिजालको टिकट खोसियो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता मीनेन्द्र रिजालको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट खोसिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई टिकट दिन बन्चित गर्नुभएको छ ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा पार्टी संकटमा परेको बेला रिजालले निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभामा पार्टीको उपस्थिति कमजोर भएको बेलामा पनि उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

संसद्मा प्रतिपक्षीको आवाजलाई बुलन्द बनाउनुभएका रिजाल पार्टीको १२औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार भई पराजित हुनुभएको थियो ।

पार्टी सभापति देउवाले अघिल्लो निर्वाचनमा रिजाल निर्वाचत भएको क्षेत्रमा सुजाता कोइरालालाई टिकट दिनुभएको छ । सुजाताले पार्टी महाधिवेशनमा कोइराला समूह छाडेर देउवालाई साथ दिनुभएको थियो । पछिल्लो समयमा रिजालले भने देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आउनुभएको थियो ।

२०७४ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई रिजालले पराजित गर्नुभएको थियो । नेपाली कांग्रेसले सो निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको थियो । कांग्रेसका केही नेताहरुले पार्टी सभापति देउवाले रिजालमाथि प्रतिशोध साँधेको बताएका छन् ।

पार्टी महामन्त्रीमा पराजित रिजाललाई देउवाले केन्द्रीय सदस्यमा समेत मनोनित गर्नुभएको थिएन । सो महाधिवेशनमा पराजित अधिकांश नेताहरुलाई उहाँले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो । महामन्त्रीमा पराजित भएपछि रिजालले नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
मोरङमा बलियो मानिएका रिजालले केही समयअघि नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गर्नुभएको थियो ।