१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम टुङ्गो



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो । पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट र नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नं २ र किसान श्रेष्ठ बारा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सिफारिस हुनुभएको छ ।

त्यसैगरी जीवनराम श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८, कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं २, विरोध खतिवडा मकवानपुर क्षेत्र नं २, श्रीनाथ बराल कास्की क्षेत्र नं २, रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं २, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं २, राजु गुरुङ रुपन्देही क्षेत्र नं २, मेटमणि चौधरी दाङ क्षेत्र नं १, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख क्षेत्र नं १, भानुभक्त जोशी बझाङ र प्रेमबहादुर आलेले डोटीबाट उम्मेदवारी दिनुहुने भएको छ ।

प्रदेशसभा सदस्यका उम्मेदवारको छनोटका लागि गृहकार्य गरिरहेको सो पार्टीले जनाएको छ । पार्टीले दुवै सभाका समानुपातिक उम्मेदवारको नाम भने निर्वाचन आयोगमा बुझाइसकेको छ ।