२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

खैरेनीटार–भिमाद सडकखण्ड स्तरोन्नति सुरु

खैरेनीटार–भिमाद सडकखण्ड स्तरोन्नति सुरु
अ अ+ अ-

तनहुँ । तनहुँको खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ । एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको हो ।

बुधबारदेखि सडक फराकिलो बनाउने काम सुरु भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जीनियर नारायण पौडेलले जानकारी दिनुभयो । “पहिलो चरणमा सडक कटिङको काम हुन्छ, त्यसपछि पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र गर्ने हो”, उहाँले भन्नुभयो ।

खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिने पौडेलले बताउनुभयो । रु सात करोड ४५ लाख २१ हजार लागतमा उक्त कामको ठेक्का लागेको छ । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता गरिएको थियो । वर्षा र कोरोनाका कारण समयमै काम सुरु हुनसकेको थिएन । विसं २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ । 

खैरेनीटार–भिमाद सडकका ठाउँठाउँमा कालोपत्र उप्किएर ठूलाठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी–७ स्याउलीबजार र म्याग्दे–५ थाङ्दीबाट भिमादको पुलसम्म सडकको दुरवस्था छ । कतिपय स्थानमा सडकको कालोपत्र देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्वारमा पनि सडकको हालत खराब छ ।

सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम पहिल्यैदेखि नै भए पनि अहिले ठूला–ठूला खाल्डा हुँदा झन् जोखिम बढेको स्थानीयवासी गणेश सुवेदीले बताउनुभयो । “कालोपत्र गरिएको यो सडकखण्ड छिचोल्न सवारी चालक र यात्रुलाई सास्ती छ”, उहाँले भन्नुभयो, “ग्रामीण सडकमा बरु यति साह्रै सास्ती हुँदैन्थ्यो होला ।”

खाल्डाखुल्डीले बाटो छिचोल्न मुस्किल भएको जनाउँदै उहाँले वर्षेनी यो सडक भत्किने समस्या रहे पनि टालटुलबाहेक दीर्घकालीन उपाय नअपनाइएको गुनासो गर्नुभयो । “वर्षेनी यस्तै समस्या आइरहन्छ, यो सडकको विकल्प अरु सडक नभएकाले पनि गुणस्तरीय मर्मतमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । सडकको दुरवस्थाले पानी पर्दा जलमग्न र घाम लाग्दाको बखत धुलो उड्ने समस्याले सडक आसपासका बासिन्दालाई पनि आजित बनाएको छ । 

यस वर्ष उच्च वर्षा हुँदा झन् ठाउँठाउँमा पहिरो खसेर जोखिम बढेको छ । कतिपय स्थानमा सडक साँघुरो हुँदा दुईतर्फी सवारी आउजाउ गर्न नमिल्ने अवस्था छ । कालोपत्र सडक छिचोल्न मुस्किल हुँदा यो बाटो हुँदै दैनिक यात्रा गर्ने यात्रु हैरान छन् ।

जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । यस्तै नवलपुर, पाल्पा र स्याङ्जाका विभिन्न स्थानका सवारी तथा यात्रुसमेत यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।