२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलले टिकट पाएनन्, ताप्लेजुङमा योगेशको नाममा सहमति



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेमा विद्रोही स्वर उच्च बनाउँदै आएका नेता भीम रावलले आगामी संघीय चुनावमा पार्टीका तर्फबाट टिकट नपाउने भएका छन् । स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जका रुपमा रहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।

यसैबीच, अर्का विद्रोही नेता योगेश भट्टराईलाई ताप्लेजुङबाट उठाइने भएको छ । उनको नाममा अध्यक्ष ओलीले सहमति जनाएका थिए ।

२०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका भट्टराईसँगै तिलकुमार मेनेङ्बो पनि यसपटक आकांक्षी थिए । मेनेङ्बोलाई प्रदेशसभामा राखेर योगेशलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ ।