२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गमा पहिरो खस्दा दुई स्थानमा अवरुद्ध



अ+ अ-

दमौली । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ एस्काभेटर र डोजर परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

राजमार्ग अबरुद्ध भएकाले सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको बताइएको छ । रासस