८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले सुन दिएर बनाएको मन्दिरमा पाटनबासीको विवाद



अ+ अ-

काठमाडौं । ‘गोल्डेन टेम्पल’ का नामले प्रसिद्ध हिरण्यवर्ण महाविहारको पुनर्निर्माणका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाटनवासीबीच विवाद सिर्जना भएको छ ।

झन्डै २ हजार वर्ष पुरानो हिरण्यवर्ण महाविहारको निर्माणमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीले ठूलो परिमाणमा सुन चन्दा दिएको इतिहास छ । २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएपछि रेक्टोफिटिङका लागि बाह्य सहयोग लिने कि नलिने भन्ने विषयमा पाठनवासीबीच विवाद सिर्जना भएको हो ।

महाविहारको शाक्यमुनि बुद्धको मन्दिर परिसरको पाँचवटै देव–घर प्रबलीकरण प्रविधिको प्रयोग गरी मजबुत बनाउन लागिएको हिरण्यवर्ण महाविहार सुधार समितिले जनाएको छ । ऐतिहासिक दृष्टिले मात्र नभई मूर्त, अर्मूत संस्कृति, संस्कार, परम्परा एवं धार्मिक आस्थाका दृष्टिले पनि सो महाविहार विशिष्ट महत्वको रहेकाले नेपालीकै सहयोगमा पुनर्निर्माण हुनुपर्ने धारणा एकथरिको छ । तर, छिमेकी भारतले यसको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो सहयोग लिनुपर्ने अर्काथरीको भनाइ छ । 

भूकम्पले क्षति पुर्याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनःस्थापनाका लागि भारत सरकारले ५ करोड अमेरिकी डलर बराबर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको र त्यसमा यो विहार पनि परेको अवस्था छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।