• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै

बलात्कार आरोप लागेका सन्दीप आज स्वदेश फर्किंदै



काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् ।

लामिछाने कतार एयरवेजको उडानबाट बिहान १० बजे नेपाल आउन लागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आज बिहान १० बजे कतार एयरवेजबाट विमानस्थल आइपु्ग्ने जानकारी गराएका छन् ।

सन्दीपले असोज १५ गते सामाजिक संजालमार्फत आफू २० गते(अक्टुबर ६)मा नेपाल आइपुग्ने जानकारी गराएका थिए । उनले नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई अख्तियारमा पेश गर्ने सन्दीपले जनाएका छन् । उनले लेखेका थिए ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्‍याउँछु । सबै कानून निकायहरू र सम्मानित अदालतहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दै म छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु ।’

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।