८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा केही दिन जारी रहने



अ+ अ-

काठमाडौं । बिहीबारदेखि  सक्रिय  भएको  नेपालको  मनसुनी  सक्रियता  अझै  केही  दिन  कायम  रहने  भएको  छ  ।  

मनसुनी  न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि  सुदूरपश्चिमसम्म  नै  मनसुनको  सक्रियता  एकनासको  रहेको  जल  तथा  मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको  मौसम  पूर्वानुमान  महाशाखाका  मौसमविद्  गङ्गा  नगरकोटीका अनुसार मनसुनी सक्रियताले अबको केही  दिन देशका धेरै स्थानमा  भारी  वर्षा हुनेछ  ।  

तीन दिनभन्दा  बढी  समय  नै  नेपालका  अधिकांश  भूभागमा भारी वर्षा हुने आकलन  गरिएको छ । महाशाखाका अनुसार मुख्य गरी प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था रहेको समाचार गोरखापत्रमा दैनिकमा प्रकाशित छ ।