• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

च्याम्पियन्स लिगः इन्टरले बार्सिलोनालाई हरायो



एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानले जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई १-० ले हराएको हो ।

इन्टरको जितमा हाकन काल्हानोग्लुले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

खेलको दोस्रो हाफमा बार्सिलोनाका पेड्रीको गोलले मान्यता पाएन । गोल अघिको फउलको कारण भीएआरमा उनको गोल खेर गयो ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको इन्टर समूह सी को दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोना ३ अंकसहित समूहको तेस्रो स्थानमा रहेको छ ।