२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै ट्रेकिङ ट्राभल्स र्याफ्टिङ मजदुर युनियनको प्रदर्शन

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै ट्रेकिङ ट्राभल्स र्याफ्टिङ मजदुर युनियनको प्रदर्शन
अ अ+ अ-

काठमाडौं । सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ । 

आईतवार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो । युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमीकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ ।

युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बारम्बार नागरिक उड्ययन प्राधिकरणलाई श्रमीकको सामाजिक सुरक्षा लागू गर्नुपर्यो भन्यौँ । नेपाल सरकारले घोषणा गरेको सामाजिक सुरक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्छ, सामाजिक सुरक्षा ऐन लागू गर्न भन्दा पनि नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखामा बारम्बार ताकेता गर्दा ठेकेदारलाई केही भन्न नसक्ने र ठेकेदारलाई झनै प्रोत्साहन गरेकोले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ, यो सांकेतिक मात्रै हामी भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यहाँको ठेकेदार कम्पनी, इन्जिनियरिङ शाखा, नागरिक उड्ययन प्राधिकरण भ्रष्टाचारको आडमा सामाजिक सुरक्षा भत्ता काटेन भनेर उजुरी हाल्नेछौँ, नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्नेछौँ ।”

उहाँले यो मुद्दालाई अन्तर्राष्ट्रिय आयोगमा पनि सुनुवाइका लागि मुद्दा हाल्ने चेतावनी दिनुभयो ।