काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारसमक्ष माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले अलपत्र परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काई उनीहरुको जीवनरक्षाको माग गरेका हुन्।
अन्य विभिन्न मुलुकले त्यहाँ फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन थालिसकेका छन् । अफगानिस्तानको राजधानी काबुल बाहेक प्रमुख सहर तालिबान लडाकुहरूले आफ्नो नियन्त्रणमा लिएको छ ।
नेता भट्टराईले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,
अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!
— Baburam Bhattarai (@brb1954) August 15, 2021











