१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय
फाईलफोटो
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम सभापतिले नेतृत्व पङ्क्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले सर्वसम्मतिले पारित गरेको प्रस्तावमा उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारका लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने निर्णय गरेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार नबनाउने निर्णय पनि कांगे्रसले गरेको छ । यसअघि कारबाहीमा परेकालाई आगामी निर्वाचनमा खेल्ने भूमिकाका आधारमा थप निर्णय गर्ने पनि कांगे्रस कार्यसम्पादन समितिको निर्णय छ ।

स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लङ्घन गरेका र कारवाहीको प्रक्रियामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मङ्सिर ४ गतेको निर्वाचनमा पार्टीमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन पनि बैठकले अपील गरेको छ ।

बैठकले विजया दशमीलगायत सबै चाडपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले शुभकामना व्यक्त गरेको छ ।

निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन पार्टीपङ्क्ति सम्पूर्णरूपले एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालित हुने निर्णय पनि बैठकले गरेको मुख्यसचिव पौडेलले बताउनुभयो । केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्ने पनि जनाइएको छ ।रासस