८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूपू गोर्खाको आमरण अनसनप्रति एमालद्वारा सरकारको गम्भीर ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बेलायती सेनाबाट अवकाशप्राप्त भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय भन्दै समाधानका लागि पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आइतबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,

प्रेस वक्तव्य

बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरु सरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आउनु भएको छ । यसै विषयलाई लिएर केही दिन पहिले लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरुको अनसन समेत सुरु भएको छ ।

बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय छ । यस सन्दर्भमा, पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नुभएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसङ्ग स्मरणीय छ ।

तसर्थ समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा ९एमाले० नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

प्रदीप ज्ञवाली
प्रवक्ता

 




न्यूजपोलारबाट थप समाचार