काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक कमल थापाले स्थानीय तहको निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गर्ने र त्यसमा आजै छलफल हुने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकमा आसन्न एकता महाधिवेशनको परिमार्जित कार्यतालिका र तयारी सम्बन्धि छलफल हुने पनि उनले बताए ।
बैठकमा पार्टीका त्रय अध्यक्ष, वरिष्ठ नेताहरू र कार्यसम्पादन समितिका सदस्यहरुको सहभागीता रहेको छ ।














