२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधिन संघीय संसद भवन अध्यक्ष तिमिल्सिनाद्वारा अवलोकन



अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको निर्माणाधीन भवनको अवलोकन गर्नुभएको छ। सिंहदरबार परिसर भित्र संघीय संसदका दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गर्नुभएको हो।

निर्माणाधीन भवन अवलोकनका क्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउनुहुँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्न तीन सिफ्टमा काम गराउन निर्देशन दिनुभयो।

उहाँले आयोजनाको सम्पन्न गर्नुपर्ने समय सकिन लागेको अवस्थामा पनि ६० प्रतिशत भौतिक प्रगति भएकाले गति दिन निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयलाई आग्रह गर्नुभयो। “अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन,” उहाँले भन्नुभयो, “केही काम रातीमा गर्नसकिने हुन्छ। एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा श्रोतसाधन थप गरेर भएपनि गति दिनतर्फ लाग्नुस्।२०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्छ।”

अध्यक्ष तिमिल्सिनाले परम्परागत कार्यशैलीले देशका कुनै पनि आयोजनाको काम सम्पन्न नहुने भएकाले नयाँ सोच र गति आवश्यक रहेको बताउनुभयो। द्दण्ठट असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो।हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ।

आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम ५ अर्ब २ करोड रहेको छ। कुल १५१ रोपनी क्षेत्रफलमा फैलिएको संघीय संसद प्राचिन स्वरुपमा निर्माण भइरहेको हो।

निर्माणाधीन भवन अवलोकनअघि शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले अहिलेसम्मको कार्य प्रगतिबारे जानकारी गराएको थियो।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले बिहीबार भैंसेपाटीमा निर्माणाधिन राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, संघीय मन्त्री तथा प्रदेश मुख्यमन्त्री निवासको समेत अवलोक गरी कामलाई गति दिन अनुरोध गर्नुभएको थियो।

 




भर्खरै