१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अवसर नपाए अनुहार अध्यारो हुने पाए छोइनसक्नु हुने प्रवृति बढ्यो: माधब नेपाल

अवसर नपाए अनुहार अध्यारो हुने पाए  छोइनसक्नु हुने प्रवृति बढ्यो: माधब नेपाल
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ ।

बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउनुभएको हो । उहाँले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनु भयो ।

उहाँले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताउनु भयो । अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताउनु भयो । उहाँले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘यो कम्युनिष्ट पार्टीलाई व्यवस्थित रुपमा अगाडी बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । र हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिंगो कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरु तयार गर्न सकियोस् । समाजका परिवर्तनका बाहकहरुलाई, इमान्दार मानिसहरुलाई, स्वच्छ छवि भएका व्यक्तिहरुलाई अगाडी बढाउन सकियोस् । किनभने हामी नै सबै हिसावले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन ।

अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरुले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ । त्यसैले हामी अरुजस्ता होइनौँ भनेर हामीले देखाउन सक्नुपर्छ । जब हामी आफै व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गर्छौं, अनि बल्ल अरुको विश्वास जित्न सक्छौँ ।’

उहाँले मानिसहरुमा आफूले पटक–पटक अबसर पाउँदा ठिक ठान्ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको बताउनु भयो । आफूले पाएको छैन भने अनुहार अध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उहाँले टिप्पणी गर्नुभयो ।