९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ ।

सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइटलगायत सेवा थप विस्तारका लागि एक हेलिकोप्टर खरिद गरिएको हेली एभरेष्ट कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले खरिद गरिएको हेलिकोप्टरसँगै अब कम्पनीसँग हेलिकोप्टर सङ्ख्या तीन पुगेको छ । आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी–थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको बताइएको छ ।

कोरोना सङ्क्रमण सहज भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने क्रम वृद्धि भएको र हेलिकोप्टरको माग बढेकाले कम्पनीले हेलिकोप्टर सङ्ख्या थप गरेको कम्पनीले जनाएको छ ।