१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गठबन्धनबीच १६० सिटमा सहमति: यस्तो छ भागबन्डा

गठबन्धनबीच १६० सिटमा सहमति: यस्तो छ भागबन्डा
अ अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६० सिटमा सत्ता गठबन्धन दलहरुले सहमति कायम गरेका छन् । सहमतिअनुसार नेपाली कांग्रेसले ८५, नेकपा (माओवादी केन्द्र) ले ४४, नेकपा (एकीकृत समाजवादी) ले १७, जनता समाजवादी पार्टी (जसपा) ले १५ र राष्ट्रिय जनमोर्चा (राजमो) ले दुई सिट पाउने पक्का भएको छ ।

कूल १६५ निर्वाचन क्षेत्रमध्ये प्रदेश नं १ को खोटाङ, बागमती प्रदेशको धादिङ–१, मधेस प्रदेशको बारा–४, नवलपरासी पश्चिमको सल्यान र रुपन्देही–१ को सिटमा सहमति जुट्न सकेको छैन । बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यी कार्यदलको बैठकले १६० सिटमा सहमति जुटाएको हो । केही सिटमा गठबन्धन दलभित्रै आआफ्नो दाबी भएको छ ।

सहमतिअनुसार गठबन्धनका दलहरुले पाउने सिट यस्तो छ”

नेपाली कांग्रेस प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा,, उदयपुर–१, मधेस प्रदेशमा सप्तरी–३, सप्तरी–४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ ।

त्यस्तै बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत र लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु २ र ३, बाँके ३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने सहमति भएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ तथा सुदूरपश्चिम प्रदेशमा बाजुरा, अछाम–२, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कञ्चनपुर–२ र ३ लिने भएको छ।

नेकपा (माओवादी केन्द्र) प्रदेश १ मा ताप्लेजुङ, झाप–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ। यसमध्ये खोटाङ र उदयपुर९२ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेको बताइएको छ।

प्रदेश २ मा सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ। सर्लाही–२ मा जसपाको दाबी छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ। त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ। धादिङ–१मा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ।

त्यस्तै, गण्डकी प्रदेशमा माओवादीले गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भए पनि रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी गरेको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिने भएको छ। अछाम–१ मा एकीकृत समाजवादीको पनि दाबी गर्दै आएको छ।

नेकपा (एकीकृत समाजवादी)

१७ सिटमा दाबी गरेको एकीकृत समाजवादीले इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–४, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा आफ्नो सिट सुनिश्चित गरेको छ ।

जसपा

जसपाले सहमतिअनुसार १६ सिट पाउने भएको छ । जसमा सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ रहेका छन् ।

जसपाले पाउने धनुषा–३ र महोत्तरी–३ मा नेपाली कांग्रेसले पनि दाबी गरेको छ भने रुपन्देही–३ मा माओवादी केन्द्रको दाबी छ ।

राजमोले भने बागलुङ–१ र प्युठान लिने सहमति गरेको छ ।