१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति

आङ सान सुकी र उनका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको जेल सजाय

आङ सान सुकी र उनका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको जेल सजाय
अ अ+ अ-

म्यानमारकी नेतृ आङ सान सुकीलाई बिहीबार तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि देशको आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप छ। यस ऐनमा १४ वर्षसम्म जेल सजाय हुनसक्छ ।

यससँगै उनका आर्थिक सल्लाहकार तथा अष्ट्रेलियाका प्राध्यापक सीन टर्नेललाई पनि यही आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

सीन टर्नेललाई फेब्रुअरी २०२१ मा याङ्गुनमा हिरासतमा राखिएको थियो। केही दिन अघि म्यानमारको सेनाले प्रजातान्त्रिक सरकारको विद्रोहपछि सुकीलाई पक्राउ गरेको थियो ।

नेसनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकीलाई छुट्टाछुट्टै मुद्दामा दुई दशकभन्दा बढी जेल सजाय सुनाइएको छ ।

दुवैको मुद्दाको सुनुवाइ बन्द सैनिक अदालतमा भएको थियो । सुनुवाइमा मिडियालाई प्रतिबन्ध लगाइएको थियो ।

अष्ट्रेलिया सरकारले म्यानमारको जुन्ता सरकारलाई सीन टर्नेललाई रिहा गर्न लगातार अपील गरिरहेको छ। अष्ट्रेलियाका अधिकारी र सीन टर्नेल दुवैले म्यानमारको सुरक्षा कानून उल्लङ्घन गरेको आरोप अस्वीकार गरेका छन्।

सन् २०२१ को फेब्रुअरीमा म्यानमारमा आङ सान सुकीको सरकारलाई अपदस्थ गरिएको थियो। त्यसयता देशमा सैन्य शासन छ, जसको विरुद्धमा विरोध प्रदर्शन भएको छ । बिबिसीको सहयोगमा